Logo
Logo

अदालतले टुकुचालाई खोला प्रमाणित गरेको छ : बालेन शाह


1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालत पाटनको फैसलाले टुकुचा खोलालाई प्राकृतिक स्वरुपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट मान्यता दिएको बताएका छन् ।

बालेनले टुकुचामाथिका संरचना भत्काउन थालेपछि विरोध गर्दै अदालतमा मुद्दा परेको थियो । तर अदालतको फैसलाको पूर्णपाठबाट अब टुकुचा ढल नभई खोला नै हो भन्ने कुरा प्रमाणित भएको मेयर बालेनले बताएका हुन् ।

उनले अब तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्