Logo
Logo

शरणार्थी प्रकरण अनुसन्धानमा सरकार झुक्नु हुँदैन : माधव नेपाल


567
Shares

विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैको दवाब र प्रभावमा नपरी अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

उनले भने नेपालीलाई भुटानी शरनार्थी बनाइ अमेरिका पठाउने प्रलोभन देखाई ठगी गर्नु अपराध भएको भन्दै उनले उक्त ठगी प्रकरणमा संलग्न सबैलाई कारर्वाही गर्नुपनर्ने बताए । तर निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले भने ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबावको सामु झुक्नु हुँदैन ।’

यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए । आफूले बदमासी गरेको छैन, आफूले घुस खाएको छैन, आफूले भ्रष्टाचार गरेको छैन । त्यसकारण न बिराउनु न डराउनु ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीसमेत मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लगातार दुई दिन गरेको भेटवार्ताको विषयबारे पनि पत्रकारहरुले सोधेका थिए । त्यसबारे आफूलाई थाहा नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्