
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त सचिवद्धयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
पदमप्रसाद पाण्डेयलाई सभामुख देवराज घिमिरे र डा. सुरेन्द्र अर्याललाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा आयोजित एक समारोहकाबीच शपथ गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत बिहीबार दुवै सदनका लागि सचिव नियुक्त गरेका थिए । त्यसअघि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो ।
दुवैको कार्यकाल सकिएपछि रिक्त ठाउँमा पाण्डेय र अर्याललाई नियुक्त गरिएको हो ।











