काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी सम्बन्धी विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

संसदमा उनले सम्बोधन गर्दै त्कालीन सरकार नै आपराधिक कार्यमा लागेको देखिएको बताए ।
‘तत्कालीन सरकार नै आपराधिक कार्यमा लागेको देखियो । जो-जो लागेका छन् उनीहरु कारबाहीको दायरामा आउनुपर्छ । त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ । अनिमात्रै कसले भ्रष्टाचार गरेको छ भनेर पत्ता लाग्न सक्छ’, उनले भने । त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्त्व गरेका थिए ।











