Logo
Logo

‘नक्कली शरणार्थी प्रकरणले सबै नेपालीलाई कलंकित तुल्यायो’


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताएका छन् । राष्ट्रियसभाको आइतबारदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उनले नक्कली भूटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलंकित तुल्याएको उल्लेख गरे ।

उक्त गिरोहले केही वर्षअघि आफूसँग भेटेर गृहमन्त्रीलाई भेटाइदिन आग्रह गरेको घटना सुनाउँदै उनले नक्कली शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने तर्क गरे । उनले भने, ‘नक्कली शरणार्थीका प्रकरणमा कुनै नेतालाई बचाउने कार्यमा लाग्न हुन्न, यस्ता कलंकलाई निस्तेज तुल्याउनुपर्छ ।’ त्यसबेला आफूले प्राप्त सूचनाअनुसार तीन हजारदेखि सात हजार व्यक्तिलाई अमेरिका पठाउने खेल भएको हल्ला रहेको उनले बैठकलाई जानकारी दिए ।

नेता रायमाझीले भने, ‘वर्तमान सरकारले सुरु गरेका काम र अभियानले जनतामा आशाको किरण पलाएको छ, यो अधिवेशनमा नयाँ ऐन बनाउन सक्छ । देश र जनतालाई देश र जनताको भलो हुने कार्य गरेमा अर्को पटक जनताले प्रतिपक्षलाई राज्यको कार्यभार सुम्पन्छन् ।’

काम गर्ने व्यक्तिका लागि कुनै मन्त्रालय सानो र ठूलो नहुने बताउँदै उनले राजनीतिक भागबन्डाका आधारमा मन्त्रालयको जिम्मेवारी दिने प्रवृत्ति सुधार्न आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्