Logo
Logo

रक्षामन्त्रीले भने- हतियार खरिदमा मेरो संलग्नता छैन


3.5k
Shares

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खडकाले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । 

नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफनो संलग्नता अस्विकार गरेका हुन् ।

‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खडकाले भनेका छन, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।’

नेपाली सेनाले ६ अर्व वरावरको एपिसी र हतियार चीनबाट खरिद गर्ने तयारी गरेको छ । सेनाले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चीनबाट २६ एपिसी, ७२ वटा टयाक्टीकल भेइकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि यो प्रक्रियालाई दूर्त गतिमा अघि बढाइएको हो । रक्षामन्त्री खड्काकै पहलमा अहिले सेनाले चीनबाट १० हजार थान सीक्यु राइफल खरिद समेत अघि बढाउन खोजेको छ । सेनाले चीन र भारतबाट एपीसी र हतियार ल्याउने सम्झौंता नै गरिसकेको सुरक्षा स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्