
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सीआईबीलाई दिनुपर्ने बताएका छन् ।
नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ–नयाँ अडियो दिनदिनै आउन थालेपछि महासचिव पोखरेलले अनुसन्धान प्रभावकारी बनाउन सीआईबीलाई दिनुपर्ने बताएका हुन् ।
‘नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ । प्रभावकारी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाउने हो कि ? किनकी दोषी कोही नछुटुन् र निर्दोस कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’











