Logo
Logo

स्वतन्त्र सांसद अमरेश सिंहको स्वास्थ्य परीक्षण गर्न माग


1.6k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् ।

सोमबार जारी प्रतिनिधिसभा बैठकमै सिंहले कपडा खोलेपछि मैनालीले यस्तो माग गरेका हुन । आजको बैठक सुरु हुनेबित्तिकै सांसद सिंहले आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै उठेर सभामुखसँग समय मागेका थिए । तर, सभामुखले आज आकस्मिक र विशेष समय हटाइएको जानकारी दिएपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन् ।

सांसद सिंहले सुरुमा सर्ट र त्यसपछि गन्जीसमेत खोलेका थिए । सभामुखले अशिष्ट व्यवहार गरेको भन्दै सांसद सिंहलाई कारबाहीको चेतावनी दिएका थिए । सिंहले बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए ।

सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र गन्जी लगाएका थिए । त्यसपछि बैठकको नियमित कार्य सुरु भएको छ । उनी बैठकबाट बाहिरिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्