Logo
Logo

बोल्न नदिएपछि कपडा खोलेँ : अमरेशकुमार सिंह


441
Shares

काठमाडौं । सभामुखले बोल्ने समय नदिएपछि आफूले कपडा खोलर त्यसको विरोध गरेको स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् ।

भ्रष्टाचारको विषयमा संसदमा बोल्नका लागि सभामुखसँग आकस्मिक समय मागेको र समय नपाए हदैसम्मको विरोध गर्ने बैठक अगावै सभामुखलाई जानकारी गराएको उनले बताए ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सभामुखलाई आग्रह गरेँ । आकस्मिक समयमा भ्रष्टाचारको विषयमा बोल्छु । दुई मिनेट पाउने हो त्यो समय पाउँ, उहाँ (सभामुख)लाई पहिल्यै भनेको थिएँ समय नपाए म प्रोटेस्टको अन्तिम लेबलसम्म जान्छु । शब्दमै भनेको थिएँ कपडा खोल्छु ।’

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न समय मागेका सांसद सिंहले समय नपाएपछि कपडा खोलेर विरोध जनाएका थिए ।

आफ्नो लागि सदन निर्बस्त्र भएको, जनताको लागि सदन निर्बस्त्र भएकाले आफूले त्यसको विरोधका लागि कपडा खोलेको उनको जवाफ छ ।

प्रतिक्रिया दिनुहोस्