काठमाडौं । प्रदेश नं-१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ ।

समितिले सोमबार काठमाडौंमा आन्दोलनको थप कार्यक्रम घोषणा गर्दै मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो । मुख्यमन्त्री कार्कीले गैरजिम्मेवार काम गरेकाले राजीनामा दिनुपर्ने संघर्ष समितिका नेता प्रेम युक्तेन बताए ।
उनले भने- ‘एक सय दिनमा सबैभन्दा ठूलो उपलब्धि हामी कोशी नाम राख्यौँ, मन्त्रिपरिषद् घटायौँ भन्ने बखान गरेर अहिले त्यहाँ (कोशी प्रदेश)को सरकार बसिराखेको छ । यस्तो गैरजिम्मेवारी सरकारले राजीनामा दिनुपर्दछ ।’
सरकारको गैरजिम्मेवारपनले अहिले प्रदेशका कुनै पनि विकासको काम हुन नसकेको उनको भनाइ थियो । अहिले ८२ जना सांसदहरू गाउँ जान नसक्ने स्थिति भएको पनि उनले बताए ।











