Logo
Logo

लिंक्डइनले ७१६ कर्मचारी कटौती गर्ने


315
Shares

काठमाडौं । सामाजिक सञ्जाल कम्पनि लिंक्डइनले ७१६ कर्मचारी कटौती गर्ने भएको छ । सोमवार माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइनले ७ सय भन्दा बढी कर्मचारी कटौती गर्ने जानकारी दिएको हो ।

‘डिमान्ड वेभर्सको रूपमा यो कटौती गरिनेछ र साथै चीन केन्द्रित रोजगार आवेदन पनि बन्द हुनेछ’ उसले भनेको छ ।

२० हजार बढी कर्मचारीहरू भएको लिंक्डइनले गत वर्षको अवधिमा त्रैमासिक राजस्व बढाएको थियो तर यसले कमजोर विश्वव्यापी आर्थिक दृष्टिकोणको बीचमा कामदारहरूलाई हटाउनु परेको जनाएको छ ।

लेअफ्स डट फाईका अनुसार विगत छ महिनामा विश्वव्यापी भरीका २ लाख ८ हजार बढी बिज्ञान प्रबिधिमा कार्यरतहरु कर्मचारीले रोजगारी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्