Logo
Logo

एमालेले टोपबहादुरलाई कारबाही गर्ला ?


4.1k
Shares

काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले वैशाख २८ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने छ ।

त्यसबाहेक बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सचिवालय बैठकमा पछिल्लो विकसित घटनाक्रमका बारेमा पनि छलफल हुने जानकारी दिए ।

रायमाझीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिराेहसँग मिलेर करोडौं रकम ठगी गरेको आरोप लागेको छ । गत बुधबार अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन् । पुर्जी जारी भएपछि पनि रायमाझी पक्राउ नपरेको भन्दै आलोचना भइरहेको छ ।

यता नेकपा एमालेकै कतिपय नेता कार्यकर्ताले समेत रायमाझीले अदालत उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा फरार भएर अपराध स्वीकार गरेको भन्दै उनलाई पार्टीले निलम्बन गर्नुपर्ने दवाव एमाले नेतृत्वलाई दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्