Logo
Logo

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन


630
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै विवेकशिल साझा पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण देशको नाम नै वद्नाम भएकाले यसलाई निष्कर्षमा पुराउदै संलग्न सवै दोषीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै विवेकशिल साझा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले भिआइपी अपराधीहरुलाई पक्राउ गर, मानव तस्कर र लुटेराहरुलाई कारवाही गर भन्दै व्यानर प्रदर्शन गरेका थिए । विवेकशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तराष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै कारवाहीका लागि सरकारले खुट्टा कमाउन नहुने बताए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले जसले अरर्वौ पैसा पचाँउछ, राज्यले त्यसैलाई बचाउछ ? , सरकार ठूला माछा पकडी, लगा छिटो हत्कडी, देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ लगाएतका प्लेकार्ड देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्