
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज नागरिकको खबरदारी सभा हुने भएको छ । बृहत नागरिक आन्दोलनले भद्रकालीमा सो खबरदारी सभा आयोजना गर्न लागेको हो ।
वृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै नेपालीलाई नक्लली कागजात खडा गर्री भुटानी शरणार्थी बनाउँदै अेरिका पठाउने भन्दे ठगी गर्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको बताएको छ । यो घटनाले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भइरहेको आपराधिक क्रियाकलापलाई उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।
नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै बुधबार दिउँसो ३ बजे भद्रकालीमा विरोध प्रदर्शन गरिने आन्दोलनले जनाएको छ ।
‘अमेरिका लैजाने नाममा सय नेपालीलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अब रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता तथा तिनका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट भइरहेको ढाकछोपप्रति बृहत् नागरिक आन्दोलनको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।












