Logo
Logo

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ


3.9k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । उनलाई आज (बुधबार) बिहान चावहिल मैजुबहालस्थित निवासबाटै पक्राउ गरेको हो ।

खाणलाई पक्राउ गरी प्रहरी परिसर टेकु लगिएको प्रहरीले जनाएको छ । पूर्व गृहमन्त्री खाणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भनेबारे निर्णय लिने काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले बताए ।

सो प्रकरणमा यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

नेपालीलाई नक्कली कागजात खडा गरी भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा छानबिन गर्दा संलग्न देखिएका नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

तर, रायमाझी २० बैशाखदेखि फरार छन् । पुर्जी जारी भएको लामो समयमा पनि पक्राउ गर्न नसकेपछि प्रहरीले मंगलबार उनको निवासमा छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्