Logo
Logo

बालकृष्ण खाणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ


7.4k
Shares

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बुधवार बिहान खाणसँगै केसीलाइ पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ । मञ्जुले ६ करोड र आरजुले २ करोड लिएको दाबी अडियोमा गरिएको छ । सार्वजनिक अडियोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकरणलाई सहज बनाउन खाँणले टेकनारायण पाण्डेलाई गृह सचिवमा ल्याएका थिए । उपराष्ट्रपति कार्यालयको बहालवाला सचिव रहेकै बेला पाण्डेलाई प्रहरीले एक हप्ता नै अघि पक्राउ गरिसकेको छ ।

यसै प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी भने पक्राउ पुर्जी जारी भएपछि २० बैशाखदेखि फरार छन् । उनका छोरा सन्दीपसहित ११ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्