
काठमाडौं । राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भटानी शरणार्थी प्रकरणबारे संसदमा जनाकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आज(बुधबार) बसेको बैठकको सुन्य समयमा बोल्दै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने भन्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरेका हुन् ।
उनले उक्त ठगी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको बताए । नक्कली शरनार्थी प्रकरणमा प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उनले बताए ।
उक्त ठगी प्रकरणका कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न खबरदारी गर्दै उनले यो प्रकरण गम्भीर अपराध रहेको बताए । प्रतिनिधिसभामा बोल्नका लागी सरमय माग गर्दै राप्रपा सांसदले नाराबाजी गर्दै रोष्टम घेराउ गरिपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए । हाल बैठक नियमित रुपमा सुचारु रहेको छ ।











