Logo
Logo

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट


567
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क चोंग सुकले बिदाई शिष्टाचार भेट गरेका छन् ।

नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत सुकले सिंहदरबारस्थित कार्यकक्षमा बुधबार बिदाई शिष्टाचार भेट गरेका हुन् ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरेकोमा धन्यवाद दिँदै सवारीसाधन उत्पादन गर्ने र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना गर्न आग्रह गरे । उनले धेरै नेपाली युवायुवतीहरुलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकोमा धन्यबाद पनि दिए ।

सो अवसरमा हाल सम्म नेपालमा कोरियन एयरलायन्सले मात्रै उडान भर्दै आएकोमा नेपाल एयरलायन्सले पनि उडान गर्न सकेको अबस्थामा प्रतिष्पर्धा हुँदा नेपाली कामदारले सस्तो मुल्यमा उडान गर्दा राहत मिल्ने भएकाले त्यसका लागि पनि पहल गर्न पनि आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले दुबै देशका अन्तरसंसदीय तथा उच्चस्तरीय भ्रमणको आदनप्रादन हुने अपेक्षा पनि गरे । सो अवसरमा दक्षिण कोरियाका राजदुतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा हार्दिक बधाई दिदै गणतन्त्र कोरियाको राजदूतको रुपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबूत, प्रगाढ र व्यापक बनाउन निर्वाह गरेको सक्रिय भूमिकाको लागि धन्यबाद पनि दिए ।

शिष्टाचार भेटका अवसरमा दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले नेपालमा लगानीमैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योगहरु नेपालमा आउन सक्ने कुरामा पनि जोड दिए । उनले दुवै देशका बीचमा भविश्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल र दक्षिण कोरियाका बीचमा सम्बन्ध प्रगाढ बनाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले गरेको पहलका लागि प्रमुख आधार बन्न पुगेको भन्दै अध्यक्षको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्