Logo
Logo

अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्न जरुरी छः अर्थमन्त्री


441
Shares

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासघंले काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री महतले नीजि क्षेत्रसंगको सहकार्यमा मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले अनावश्यक खर्च कम गर्ने र पूँजिगत खर्चलाई बढाउनका लागि सरकारको कोशिस हुने बताए । मौद्रीक नीति मार्फत उच्च व्याजदरलाई नियन्त्रण गर्दै अर्थतन्त्रलाई चलायमान गर्ने तयारी भइरहेको उनले बताए ।

मन्त्री महतले हजारौँ आयोजनाको ठेक्का लागिसकेको अवस्थामा अहिले सबैभन्दा ठूलो स्रोतको चुनौती रहेको धारणा राखे । बजेटमार्फत धेरै ठाउँमा योजना दिनुपर्ने दबाब रहेको भन्दै उनले स्रोत कम रहेको बताए । उनले नियम कानुन पालना गरेर सहज रुपमा उद्यम गर्नसक्ने वातावरण तयार पार्न सरकार प्रतिवद्ध रहेको धारणा राखे ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन सुुझाव दिए । उनले अहिलेको अवस्थामा स्वदेशी तथा विदेशी लगानीलाई बढाउन जरुरी रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्