Logo
Logo

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता जारी


1.9k
Shares

काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

फाइल फोटो

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाई प्रोफाइल नै मुछिरहेका बेला तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । उनीहरूबीच छलफल जारी छ । 

आजको भेटवार्ता समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । तर, भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला भएको शीर्ष नेताहरूको भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीले भेटवार्तालाई तीव्रता दिएका छन् । हिजो (मंगलबार) पनि प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता भएको थियो । 

प्रतिक्रिया दिनुहोस्