Logo
Logo

अनुसन्धानले दोषी देखाए प्रहरीले छोड्दैन : गृहमन्त्री


882
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान हुने र अनुसन्धानले दोषी देखाए प्रहरीले नछोड्ने बताएका छन् ।

गृहमन्त्री श्रेष्ठले बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको बताए । उनले भने, ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आर्थिक रूपमा संगठित ठगी भएको देखिएको छ । अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ । अनुसन्धानले माग गर्ने हदसम्म विभिन्न व्यक्तिहरू तानिनुभएको छ ।’

गृहमन्त्री श्रेष्ठले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पु¥याउने बताउँदै भने, ‘अनुसन्धानले जसलाई दोषी देखाउँछ, त्यसलाई प्रहरीले छोड्दैन ।’

बुधबार शीर्ष नेताहरुसँग आफ्नो भेट नभएको बताउँदै उनले भने, ‘हिजो बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरुसँग अनुसन्धानमा सहयोग पु¥याउन आग्रह गरेको हुँ । आज मेरो विपक्षी दलका नेतासँग भेट भएन । उहाँहरूको फरक विषय संसद र संवैधानिक समितिसम्बन्धी विधेयक र शान्ति प्रक्रियाबारे कुरा थियो ।’

प्रतिक्रिया दिनुहोस्