Logo
Logo

नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो : पर्यटनमन्त्री


441
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नक्कली भूटानी शरणार्थी प्रकरणकै कारण सरकार नढल्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले नक्कली भूटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका हुन् ।

सरकारले भ्रष्टाचारबिरुद्धको अभियान सुरु गरेको बताउँदै यो अभियान नरोकिने समेत उनले बताए । मन्त्री किराती भ्रष्टाचारबिरुद्धको अभियानलाई पूर्णविराम लगाउनेउपर प्रश्न उठ्ने बताउँदै भने, ‘सरकारले दूधको दूध पानीको पानी भएर आफ्नो भुमिका देखाउने छ । भ्रष्टाचार विरुद्धको अभियानबाट भागेर सरकार ढाल्नु सम्भव छैन ।’

उनले भ्रष्टाचार बिरुद्धको अभियान राज्यले सुरु गरेको बताउँदै भने, ‘आजको नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो । मलाई लाग्छ, यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । भ्रष्टाचार विरुद्धको यो अभियान रोकेर रोकिँदैन । जसले पूर्णविराम लगाउँछ, त्योमाथि पनि प्रश्न उठ्छ ।’

मन्त्री किरातीले यो सरकारले भ्रष्टाचारको बिरुद्धमा जेहाद छेडेर जाने बताउँदै भने, ‘जनताले राम्रो विवेकको तराजुले जोखेर राखेको हुन्छ । त्यसैले जो यो अभियानबाट भागेर सरकार ढाल्ने कुरा गर्छ, त्यो सम्भव छैन । मलाई लाग्छ सरकार ढल्दै ढल्दैन ।’

प्रतिक्रिया दिनुहोस्