Logo
Logo

एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै


1.3k
Shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुदैँछ । गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

एमालेका प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार यसअघि झापामा गर्ने तय भएको बैठक संसदीय काममा केन्द्रीय हुनुपर्ने भएकाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो । बैठक बैशाख २८ गतेदेखि ३० गतेसम्म चल्नेछ ।

बैशाख २६ गते बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका १० वटा अजेन्डा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्