Logo
Logo

भोजपुर उडेको नेपाल एयरको जहाजमा समस्या, काठमाडौं फर्काइयो


882
Shares

काठमाडौं । भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ । आज बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि काठमाडौंमै फिर्ता भएको हो ।

ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौलाले बताए । १६ जना यात्रु लिएर उडेको जहाजको चेकजाँचपछि फेरि भोजपुर पठाइने छ ।

प्रतिक्रिया दिनुहोस्