Logo
Logo

शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढ्यो, खुसी छु- केपी ओली


2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा छानबिन अघि बढेकोमा खुसी व्यक्त गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक सुरू हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै अधयक्ष ओलीले अनुसन्धान अघि बढेकोमा खुसी भएको बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचारका विषयमा एकदिन छानविन हुनु नै थियो । अनुसन्धान अघि बढ्यो खुसी छु । दोषी छुट्नुहुन्न र निर्दोषी पर्नुहुन्न । अरु भन्नु केहि भन्नु छैन ।’

उनले पूरा फिल्म देख्न अझै बाँकी रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि अहिले देखिएको टेलर मात्रै भएको र पूरा फिल्म देख्न बाँकी रहेको प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्रीको उक्त प्रतिक्रिया स्मरण गर्दै ओलीले भने, ‘जसले फिल्म देखाउँछु भनेको त्यो चाहिँ सुरू भएको छैन । त्यसको प्रतीक्षा अझै बाँकी छ ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने गिरोहमा संलग्न पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका उपसचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परिसकेका छन् ।
यसै प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी भने पक्राउ पुर्जी जारीपछि फरार छन् ।

प्रतिक्रिया दिनुहोस्