Logo
Logo

‘अघि बढ प्रचण्ड, जनता तिम्रो साथमा छन्‌’


5.7k
Shares

काठमाडौं । भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै काठमाडौंमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले बिहीबार प्रदर्शनीमार्गमा शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

उनीहरुले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘म पनि बिरामी छु, भूमिगत अस्पताल कहाँ छ ?, देश विकास हुन नदिने भ्रष्टाचारीलाई बहिष्कार गरौँ, अघि बढ्‌ प्रचण्ड, जनता तिम्रो साथमा छन्, जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्