Logo
Logo

अहिलेसम्म नक्कली भुटानी शरणार्थी बनेर तीन सय नेपाली अमेरिका छिरिसके : ओली


2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म तीन सय भन्दा बढी नेपाली नक्कली शरणार्थी बनेर अमेरिका छिरिसकेको दाबी गरेका छन् ।

बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका क्रममा उनले सन् २०१२ देखि नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको पनि बताए ।

‘भुटानी शरणार्थीलाई विदेशमा पुनर्वासको प्रक्रिया मैले नै अघि बढाएको हो । भुटानले फिर्ता लान नमानेपछि उनीहरुलाई प्लास्टिको पालमुनि बिजोग अवस्थामा राख्न सकिँदैन थियो’, उनले भने, ‘मैले नै अमेरिकासँग कुरा अगाडि बढाएर अहिले अधिकांश शरणार्थी पुनर्वासमा गएर राम्रो जीवनयापन गरिरहेका छन् ।’

यो प्रकरण सन् २०१२ देखि सुरु भएको बताउँदै अहिलेसम्म ३ सयदेखि ४ सय नेपाली नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको ओलीको दाबी छ । ‘अहिलेसम्म तीन सयदेखि चार सय नेपाली नक्कली भुटानी बनेर अमेरिका छिरिसकेका छन्,’ उनले भने, ‘यसबारेको विस्तृत विवरण म आगामी जेठ ४ गतेको संसद् बैठकमा सार्वजनिक गर्छु ।’

ओलीले नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीलाई मात्रै दोषी देखाउन खोजिएपछि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसमा संलग्न सबैलाई तान्न दबाब दिएको पनि बताए । यो प्रकरणमा छानबिनका नाममा केही मन्त्री हिरो हुन खोजेको पनि उनले बताए । प्रहरीले गरिरहेको अनुसन्धानको जश आफूले लिएर केही मन्त्री हिरो बन्न खोजेको ओलीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्