Logo
Logo

कस्तो रहला आजको मौसम ?


693
Shares

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जवनाएको छ ।

महाशाखाका अनुसार कोसी प्रदेशका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्