
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझाव पेस गरिसकेपछि स्थायी कमिटी बैठक बस्ने भएको हो ।
प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने बताइएको छ ।
स्थायी कमिटीले कार्ययोजनाको प्रस्ताव तयार गरेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ । केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटीले तयार गरेको कार्ययोजनाको प्रस्ताव पारित गर्ने एमालेको तयारी छ ।
बिहीबार (हिजो)बाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक वैशाख ३० गतेसम्म चल्नेछ ।











