
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । हिजो बिहीबारदेखि पार्टी मुखयालयमा सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।
हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ । त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नेछन् ।
बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए ।
त्यस्तै मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । बाँकी रहेका प्रतिवेदन भने आज प्रस्तुत गरिने भएको हो ।











