Logo
Logo

७ दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्न ८२ दललाई आयोगको निर्देशन


504
Shares

काठमाडौं । निर्वाचन आयोगले लेखा परिक्षण गरी सार्वजनिक गर्न ८२ दललाई सचेत गराएको छ । आयोगले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै सचेत गराएको हो ।

आयोगले पार्टीको लेखा परिक्षण बेवसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने भन्दै यसरी सार्वजनिक गरेको बिषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

साथै  आर्थिक  वर्ष  २०७८/७९  को  लेखा  परीक्षण  प्रतिवेदन  कानुनले  तोकेको  समयभित्र  पेस  गर्ने  तपसिल  बमोजिमका  ८२  (बयासी)  राजनीतिक  दलहरूको  विवरण  आयोगको  वेबसाइटमा हेर्न सकिने र तोकिएको समयावधिभित्र लेखा परीक्षण प्रतिवेदनको विवरण सार्वजनिक गरी आयोगमा जानकारी नगराएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (ग) बमोजिम कारबाही भइजाने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’ आयोगले भनेको छ ।

यी हुन लेखा परिक्षण सार्वजनिक नगर्ने दलहरुः  


 

प्रतिक्रिया दिनुहोस्