
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेट क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन् । साथै उनले सरकारमा जाने आफूहरूको योजना सफल नभए पनि अब सडकबाटै सरकारलाई समर्थन गर्ने बताएका थिए ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणुसहित बहालवाला सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परेका छन् । यस प्रकरणमा जोडिएका एमाले सचिव टोपबहादु रायमाझी भने फरार छन् । उनको खोजी भइरहेको छ ।











