Logo
Logo

कहाँ छन् शरणार्थी प्रकरणका १२ थुनुवा ?


17.7k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले राजनीतिक तथा उच्च पदस्थसहित १२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका १२ जनालाई काठमाडौंका विभिन्न हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

बुधबार प्रकाउ परेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । खाँणसँगै पक्राउ परेका उनका निजी सचिव नरेन्द्र केसीलाई लैनचौर वृत्तको हिरासतमा राखिएको छ ।

त्यस्तै नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई टेकु परिसरको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

यसैगरी तत्कालीन गृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई टेकु परिसरको हिरासतमा राखिएको छ ।

दाङका सन्देश शर्मालाई दरबारमार्ग वृत्तको हिरासत, मोरङका केशव दुलाललाई कालिमाटी वृत्तको हिरासत, मोरङका सागर राईलाई टेकु परिसरको हिरासत, ललितपुरका सानु भण्डारीलाई जनसेवा वृत्तको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

पाँचथरका कुमार गुरुङलाई जनसेवा वृत्तको हिरासत, टोखाका रामशरण केसीलाई टेकु परिसरको हिरासत, सुनसरीका गोविन्द चौधरीलाई टेकु परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसै प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा नेकपा एमाले सचिव टोपबहादुर रायमाझी र ईन्द्रजीत राईका छोरा निरज राई भने पक्राउ पुर्जी जारीपछि फरार छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा, बालकृष्ण खाँण पत्नी मञ्जु, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा र प्रेम राईको नाम पनि यस प्रकरणमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्