
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक क्षेत्रहरूसँग सम्वद्ध ऋणीहरूलाई स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाउने भएकाे छ ।
शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गर्ने बताएको हो । कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही ऋणीहरूले पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।
‘राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गर्ने तथ्यांकको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरूसँग सम्वद्ध ऋणीहरूले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ,’ समीक्षामा भनिएको छ ।
त्यस्तै बैंकदरलाई घटाएर मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाइएको छ । राष्ट्र बैंकले बैंकदर ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ । नीतिगत दरलाई भने ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको छ ।
मौद्रिक नीतिको पूर्णपाठ :











