Logo
Logo

कुनै पनि भ्रष्टचारीले उन्मुक्ति पाउनु हुन्न : राजेन्द्र लिङ्देन


378
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठूला भ्रष्टाचार काण्ड छानबिन गर्न आग्रह गरेको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्ने माग गरेका हुन् ।

ज्ञापनपत्र बुझाउन अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता बालुवाटार पुगेका थिए । सोक्रममा अध्यक्ष लिङ्देनले भने, ‘कुनै पनि भ्रष्टचारीले उन्मुक्ति पाउनु हुन्न । सबै ठूलाठूला भ्रष्टाचार काण्डका फाइलहरू पनि खोलिनुप¥यो ।’

अध्यक्ष लिङ्देनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनैपनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ । तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ ।’

अध्यक्ष लिङ्देनले २०४६ साल पछिका सबै नेता तथा कर्मचारीका सम्पत्ति छानबिन हुनुपर्ने सेमत बताउँदै भने, ‘०४६ पछिका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस् ।’ पार्टीले छानबिनमा दोषीलाई उम्काउन खोज्ने कुनैपनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्नेसमेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्