Logo
Logo

नक्कली शरणार्थी प्रकरणमा कसैको दबाब स्वीकारिँदैन : प्रधानमन्त्री


567
Shares

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।

शक्रुबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाउने र निर्दोष नपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता समेत जनाए ।

वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै उनले भने, ‘कसैकाे प्रभाव र दबाब स्वीकारिँदैन र पछि हट्ने कुरा पनि भएन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्