Logo
Logo

एमाले स्थायी कमिटी बैठक सुरु


630
Shares

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा केहीबेर अघि सुरु भएको हो ।

बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाउने बताइएको छ । एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । आजको बैठकले वार्षिक कार्यक्रमको खाका तयार पार्ने बताइएको छ ।

स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ । बिहिबार देखि जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । उक्त बैठक आजै समापन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्