Logo
Logo

२४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने बालेनको घोषणा


1.2k
Shares

काठमाडौं । महानगर प्रमुख बालेन शाहले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

मेयर शाहले आज (शनिवार) बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत काठमाडौंभरी निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन् ।

उनले १०२ मा कल गरेर सो एम्बुलेन्स सेवा प्रयोग गर्न सकिने बताएका छन् । उनले भनेका छन्– ‘काठमाडौं भरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्