रुपन्देही । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको अध्यक्षमा विनोद परियार चयन भएका छन् । शनिबार रुपन्देहीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले परियारलाई अध्यक्ष चयन गरेको हो ।

यस्तै, समाजवादी प्रेस संगठनको उपाध्यक्षमा उषाकिरण पन्थ, पुनहरि बेलबासे, सचिवमा प्रतीक पौडेल, सहसचिव अस्मिता अधिकारी, कोषाध्यक्ष शिशिर पाण्डे चयन भएका छन् । यस्तै, सदस्यहरुमा माधवेन्द्र यादव, बसन्त चन्द, गणेश नेपाली, जगन्नाथ सहनी, धनु गुरुङ, प्रशंसा भण्डारीलगायत चयन भएका छन् ।
कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, लुम्बिनी विकासका कोषाध्यक्ष सिद्विचरण भट्टराई, समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश सचिव तथा कपिलवस्तु अध्यक्ष दीपक अनुरागी लगायतको उपस्थिति थियो ।











