Logo
Logo

ठूला नेता पक्राउ पर्नुमा हाम्रो भूमिका छ : लामिछाने


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा ठूला नेताहरु पक्राउ पर्नु र पार्टीबाट निलम्बनमा पर्नुमा आफूहरुको भूमिका रहेको बताएका छन् ।

शनिबार भ्रष्टाचार विरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौरमा अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुमा र नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुमा आफूहरुको भूमिका रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गत महिना लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको थियो ।
‘केही दलले नाम आएका आफ्ना पदाधिकारीलाई र नेतालाई निष्कासन गर्यो भन्ने सुन्यौं नि त । हिजोको परिवेश यस्तो थियो त ?’ लामिछानेले प्रश्न गरे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा उदयले घण्टी त बज्यो नि ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि कानुनी मात्र नभई व्यवहारिक रुपमा नै निष्कर्षमा पु¥याउनुपर्ने उनले बताए । विगतमा दलहरुले दलहरुले भ्रष्टाचारका पुराना फाइलहरु थाती राखेको भन्दै अब त्यो सम्भव नहुने लामिछानेको भनाई छ । ‘हामीले त सुन्नेवित्तिकै कारबाही ग¥यौं, ७२ घण्टाभित्र साधारण सदस्य पनि नरहने गरी निष्कासन ग¥यौं, केही दलहरु छन्, वर्षौ पुराना भ्रष्टाचारका पुराना फाइल टन्न थाती राखेर धुलो लगाएर राख्छन् । अनि संरक्षण गर्छन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्