Logo
Logo

लिम्पियाधुराबाट भारतले आफ्ना सुरक्षा फौज तत्काल फिर्ता लैजानुपर्छ : बामदेव गौतम


630
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षा फौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् ।

डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रूपमा लिखित पुस्तकको विमोचन कार्यक्रममा गौतमले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनै पर्ने बताए ।

नेता गौतमले भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानुनहरूले पनि सहयोग गर्ने स्पष्ट पारे ।

‘प्रतिनिधिसभाले सर्वसम्मतिले, नेपालका राजनीतिक पार्टीहरूको सर्वसम्मतिले त्यो कालापानीदेखि, लिपुलेकदेखि, लिम्पियाधुरासम्मको भूभाग नेपालको हो । र, नक्सा जारी गरेर संसारको अगाडि देखाउनु पर्छ भनेर निर्णय गरेर त्यो नक्सा जारी गरियो । सरकारको नीति तथा कार्यक्रममा समावेश गरियो । र, संसद्ले सर्वसम्मतिले पारित ग¥यो । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले त्यसलाई पारित गरेको छ । त्यो आज नेपालको भन्ने कुरामा नेपाली जनतामा कुनै दुविधा छैन’, उनले भने, ‘अव मान्न पर्छ कि नेपालले भारतको मिचाहा प्रवृत्ति अतिक्रमणका गरिएको भूभागबाट भारतीय सेना, भारतीय कर्मचारीहरू तुरुन्त फिर्ता भएर भारतमा जानुपर्छ । त्यो हाम्रो भूमिका बस्न पाइन्न भन्ने विषय हाम्रो आजको विषय हो । त्यसो भएर हामीले त्यसो गर्ने कि नगर्ने, त्यो चिजमा जाने कि नजाने ?’

‘यो सार्वभौमिकताको सवाल हो । हामीले त्यहाँबाट भारतीय फौज र कर्मचारी जति छन्, ती सबै तुरुन्त निस्कन पर्छ भनेर भन्ने विषय नेपाली जनताको बीचमा लैजानु पर्छ । र, हाम्रो सार्वभौमिकताको रक्षा गर्नु पर्छ । हामीले त्यसो गर्न सक्छौ कि सक्दैनौं भन्ने सन्दर्भमा यो किताबले देशभित्र त यो सबै गर । अन्तर्राष्ट्रिय क्षेत्रमा जाने हो भने पनि धेरै यस्ता कानुनहरू छन्, जसले हामीलाई सर्पोट गर्छ’, उनले भने, ‘हामीलाई अगाडि बढन सर्पोट गर्छ भन्ने विषय यहाँ छ । हामी सुगौली सन्धितर्फ जान सक्छौं कि सक्दैनौं भन्दा त्यता जान हुन्न । तर हाम्रा इतिहास अध्ययन गराउँदाखेरी सम्पूर्ण इतिहास अध्ययन गराउनु पर्दछ । ’

प्रतिक्रिया दिनुहोस्