Logo
Logo

गुणस्तरीय निर्माणको माग गर्दै ८ घण्टादेखि हाईटेन्सन पोलमा दिनेशकुमार माझी


1.4k
Shares

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका अध्यक्षले बाटो निर्माणमा गरेको अनियमितताको विरोध गर्दै एक जना युवा बिजुलीको हाइटेन्सन लाइन प्रशारण भएको पोलमा चढेका छन् ।

शनिबार विहानदेखि हाईटेन्सन प्रसारण लाइनमा चढेका दिनेशकुमार माझीलाई त्यहाँबाट झार्न सुरक्षाकर्मीलाई हम्मे भएको छ ।
झण्डै आठ घण्टादेखि पोलमा बसिरहेका उनलाई सुरक्षाकर्मीले निरन्तर उद्दार गर्ने प्रयास गरिरहेका छन् । तर, उनले गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भएमात्र पोलबाट झर्ने बताएका छन् ।

१ लाख ३२ हजार भोल्ट विद्युत् प्रसारण भइरहेको पोलमा मानिस चढेको भएपनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताए ।

‘हामीमाथि चढेर उनलाई झार्न सक्छौँ तर उद्धारका लागि माथि चढ्दा उनी हाम्फाल्ने खतरा छ’ उनले भने, ‘त्यसैले उद्धार गर्न कठिनाइ भएको छ ।’ गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएकाले उनको माग पुरा गर्न नसकिएको प्रहरी नायव उपरीक्षक दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्