काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले विधान अधिवेशनमा प्रतिनिधि छनोट गर्न पार्टी समिति र संगठनहरुले पालना गनुपर्ने नियमहरु बनाएको छ । विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरुलाई प्रतिनिधि छान्नका लागि ६ बुँदे नियम पालना गनुपर्ने भएको हो ।

प्रतिनिधि छनोट हुनका लागि कम्तिमा ५ वर्ष निरन्तर पार्टी सदस्य भइ कार्य गरेको हुनुपर्ने छ । प्रतिनिधि चयन गर्दा सम्बन्धित पार्टी समिति वा संगठनको बैठकबाट निर्णय गनुपर्ने छ । भ्रातृसंगठनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि आफू सम्वद्ध संगठनमा कम्तिमा ५ वर्ष निरन्तर संगठित भइ कार्य गरेको र पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने जसपाले जनाएको छ ।
साथै, सबै प्रदेश, जिल्ला तथा जनवर्गीय÷ भ्रातृसंगठन लगायतका समितिले प्रतिनिधि छनोट गरिएको सम्बन्धित समितिको माइन्यूटको प्रतिलिपि मेत केन्द्रीय कार्यालयमा जेष्ठ २५ गतेसम्म पठाइसक्नपर्ने छ ।
निर्वाचन वा अन्य समयमा पार्टी अनशासन उल्लंघन गरी पार्टी विरोधी गतिविधिमा संलग्न भएको व्यक्ति विधान अधिवेशन प्रतिनिधि हुन पाउने जसपाले जनाएको छ ।











