Logo
Logo

सप्तरीमा हत्या गरिएको अवस्थामा युवकको शव भेटियो


1.1k
Shares

काठमाडौं । सप्तरीमा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो. तफेजुलको शव रुपनी गाउँपालिका–१ स्थित खेतमा हत्या गरिएको अवस्थामा भेटिएको हो ।

गाउँलेले युवक तफेजुलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज पठाउने तयारी गरेको छ ।

प्रहरीका अनुसार हत्या कसले गरेको भन्नेबारे केहि खुल्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्