
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्नु पर्ने बताएका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टचारबिरुद्ध आन्दोलन गरेर खासै असर नपर्ने बताएका हुन् ।
शनिबार नागरिक अगुवाहरूको सक्रियतामा काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको थियो । जसमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सांसदहरू पनि सहभागी भएका थिए । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित विभिन्न नेता कार्यकर्ताहरुले पनि भ्रष्टाचनरको विरोध गर्दै प्रदर्शन गरेका थिए ।
काठमाडौंमा भएको विरोध कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै मेयर बालेनले प्रदर्शनकारी र नेताहरूविरुद्ध तीखो टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘भ्रष्टाचारविरुद्धको आन्दोलन??, को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ?, ‘सीधै लगेर बागमतीमा चोपाल्नुस्, यस्तो सडक नाटक धेरै देखिसक्यौँ हामीले, पत्याउदिनँ मचाहिँ।’
यस्तै उनले प्रदर्शनमा सहभागी नेताहरूलाई आन्दोलन गर्न होइन, भ्रष्टाचारीलाई सीधै कारबाही गर्न जनताले भोट दिएर पठाएको भनी सम्झाएका छन्।











