काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले भड्किलो पोषक लाउन नपाउने भएका छन् । जसअनुसार अबदेखि प्रतिनिधिसभा बैठकमा सांसदहरुले टिसर्ट र जिन्स जस्ता भड्किलो लगाउन पाउने छैनन् ।
सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित दलका प्रमुख सचेतक र मनोनीत सांसद रहने समितिको आइतबार बसेको बैठकले सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै प्रतिनिधिसभा बैठकमा सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाका अनुसार सांसदहरू बैठकमा जाँदा अनिवार्य संसद्को लोगो लगाउनुपर्ने र भड्किलो ड्रेस लगाउन नपाइने बैठकले निर्णय भएको हो ।
त्यस्तै बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी जेठ ४ गतेका लागि समय निर्धारण भएको छ । प्रश्नोत्तरका लागि कांग्रेस एमालेका सांसदलाई तीन–तीन मिनेट र अरु सांसदहरूलाई १ मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा कांग्रेस र एमालेका सांसदलाई तीन मिनेट र अन्यलाई एक मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जानकारी दिए ।











