Logo
Logo

टोपबहादुर पक्राउपछि विष्णु रिजालले भने- देशद्रोहको मुद्दा लगाउनुपर्छ


4.6k
Shares

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार मात्र नभएर देशद्रोह नै भएको बताएका छन् ।

एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेको भोलिपल्टै नेता रिजालले ठगी प्रकरणमा संलग्न जोसुकै भए पनि देशद्रोहको मुद्दा लगाएर कडा कारबाही गरिनुपर्नेमा बताएका हुन् ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुखसमे रहेका उनले भनेका छन्, ‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो, खासमा देशद्रोह हो ।’

उनले जुनसुकै उच्च ओहदाको व्यक्ति भएपनि देशलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गराउनेहरुमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बताए ।

‘नागरिकलाई जानजान ठग्ने अनि देशलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्नेहरूमाथि देशद्रोहको मुद्दा चलाउनुपर्छ । उप्रप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव– जोसुकै होऊन्, कानुनको नजरबाट बराबर साबित गर्नुपर्छ।’ उनले भनेका छन् ।

नेपाली नागरिकलाई शरणार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौं रकम लिएको आरोपमा अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन् ।

जसमा पूर्वउपप्रधानमन्त्री रायमाझी, कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डे लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्