Logo
Logo

‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्न हुँदैन’


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नु भनेको भ्रष्टाचारीलाई सघाउनु भएको बताए ।

उनले भने– ‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ, यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई उनको आग्रह छ ।

सापकोटाले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको नतिजामा त्रुटि गर्नेलाई कारबाही हुनुपर्ने माग पनि गरे ।

सापकोटाले भने, ‘आरआर भन्छ, त्रिविको गल्ती भयो। त्रिविको परीक्षा नियन्त्रण कार्यालय भन्छ, आरआर क्याम्पसको कमजोरी छ। एकले अर्कोलाई दोषारोपण गरेर ५ सय बढी विद्यार्थीको जीवनमाथि खेलबाड गर्ने कार्य भइराखेको छ। दुई वर्ष पहिलो हुनुपर्ने परीक्षा दुई वर्ष पछाडि भयो। एक वर्ष लगाएर बल्लबल्ल परीक्षाको नतिजा भयो। त्यो पनि ५ सय बढी विद्यार्थीको नतिजामा अनुपस्थित देखियो ।’

प्रतिक्रिया दिनुहोस्