Logo
Logo

सभामुखको निर्देशन सरकारले पालना नगरेको आरोप


630
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएका अनुसन्धानका बारेमा सदनमा जानकारी गराउन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गैरेले भ्रष्टाचारविरुद्ध सिंगो देश आन्दोलित भइरहेको अवस्थामा सरकारले यस बिषयमा सदनमा जानकारी गराउन माग गरेका हुन् ।

उनले नक्कली शरणार्थी प्रकरणका बिषयमा पटक पटक सदनमा आवाज उठेको र यसअघि सभामुखले दिएको निर्देशन सरकारले पालना नगरेको जिकिर गरे । उनले एमालेको बैठकले नै जघन्य अपराध गर्नेमाथि कारबाही गर्न माग गरेको भन्दै उनले यसको निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिए ।

बैठकमा रास्वपाका सांसद मनिष झाले तीन दलका नेताहरु निरन्तर भेट्नुमा आशंका पैदा भएको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंंकास्पद व्यक्तिहरुलाई घेरामा राखेर अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले उक्त प्रकरणमा निष्पक्ष अनुसन्धान नभए आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्