Logo
Logo

टोपबहादुरलाई पक्राउ गरेको जानकारी संसद् सचिवालयलाई गराइयो


819
Shares

काठमाडौं । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी पक्राउको जानकारी संसद् सचिवालयलाई उपलब्ध गराएको छ । जिल्ला प्रहरी परिसर टेकुले सोमबार रायमाझी पक्राउको जानकारीसहितको पत्र संसद् सचिवालयमा पठाएको हो ।

उक्त प्रकरणमा संलग्न देखिएपछि अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका रायमाझी फरार थिए। उनी आइतबार साँझ मात्रै काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका थिए।

उनलाई आजै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो । अदालतले उनीमाथि अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्